May be an image of 2 people

मुलुक डेस्क, धनुषा । २०७८ साउन २, शनिबार

धनुषाको धनाैजि गाउपालिका वडा नम्बर ४ स्थिति भररियामा ५०बर्षिय बेहुलाले जवर्जस्ती १५ वर्षिय बेहुलीसित विवाह गर्न खोज्दा बेहुली बेहोस भएकी छिन । यस्तै १० दिन अगाडि धनुषा जनकपुर वकिल टोलमा पनि बिगत ६ महिनादेखि दुई परिवार र बेहुलाको राजीखुसीमा तय भएको विवाहमा तिलक सगुन कै दिन बेहुला विवेक कुमार सिंह फरार भएको थियोे ।

बेहुली पक्षलाई आश्वासन र भरोसा दिलाई ऐन मौकामा बेहुला फरार हुनुमा परिवारको मिलेमतो रहेको प्रष्ट देखिएको बुझिन्छ । बेहुलाको खोजबिन जारी रहेको छ भने सामाजिक र कानुनी प्रकृया पनि बढेको छ ।बेहुलीको सानी आमाको छाेरा अनुसार याे बालबिवाह हो ।

त्यसमा पनि जबर्जस्ति डराई धम्कयाई गरेको हो। बेहुला लाई कानुनी कर्यवाहीको माग बेहुली पक्षको रहेको छ ।कथित जनकपुर पुल्चोक निवासी बेहुला गंगा प्रसाद साह र उनका परिवारले बेहुली पक्षलाई झुक्याएर यो विवाह जनकपुर स्तिथ एक कलवार कुटीबाट गर्न लागेका थिए । बेहुली लाई उनको मामाले त्यहाँ ल्याएको थियो।जवर्जस्ती बेहुली संग विवाह गराउन लगिएको बेहुला पछबाट दुई अगुवा कार्यकर्ताको प्रमुख भुमिका रहेको खुलेको छ ।

जसमध्ये एक त्यही वडामा चुनाव हारेका बिमल मण्डल र अर्को राजकुमार यादव रहेको बेहुली पछकाे आराेप छ ।बेहुलीको बुवा, भाइ र काकाले विवाह रोक लगाएपछि जवर्जस्ती उनीहरुलाई कुटपिट गरि घाइते बनाएको छ । प्रहरीका अनुसार यो विवाह रोकिएको छ भने बेहुला लाई आवस्यक कार्वाहीको प्रक्रिया बाढाईएको छ ।

Leave a Reply

Your email address will not be published.