मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २, शनिबार
संघीय संसद्को अधिवेशन पुर्व गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अगाडि ८०१ जनाको एन्टिजेन परीक्षणमा ३जनाको मात्र पोजिटिभ रिपोर्ट आएको हो ।
सभामुख, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारसहित शुक्रबार र शनिबार गरेर ८०१ जनाको एन्टिजेन परीक्षण भएको हो । तीन जनाको रिपोर्ट पोजिटिभ आउँदा ७९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
दोस्रो पटक विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारका लागि अधिवेशन आह्वान गरेकी छन् ।