अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीद्धारा उदघाटन

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ४, सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन।सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरी पनि सहभागी थिए। अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप […]

पुष्पलाल लोकमार्गको पश्चिम खण्ड जाजरकोटमा ८२ किलोमिटर सडक कालोपत्रे हुँदै !

मुलुक डेस्क, जाजरकोट । २०७८ साउन ४, सोमबार राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिम खण्ड अन्तर्गतको जाजरकोटमा कालोपत्रे गर्ने काम सुरु गरिएको छ । पहिलो चरणमा कुदुदेखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको कुल लम्बाई एक हजार ७७६ किलोमिटरमध्ये जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ । पहिलो […]

जिल्ला अस्पताल गौरमा म्याद सकेको औषधी प्रयोगमा

कृष्ण सिंह, रौतहट । २०७८ साउन ४, सोमबार जिल्ला अस्पताल गौर दिनप्रतिदिन गैर जिम्मेवार बन्दै गएको छ । जिल्ला अस्पताल गौरमा उपचार गराउन आएका बिरामीहरु संग चिकित्सकहरुले लापरबाही गर्न सुरु गरेका छन्। जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका १ बिरामीलाई अस्पतालबाट म्याद सकेको औषधी दिएको बिरामीका आफन्तले जनाएको छ । जिल्ला अस्पताल गौरमा थन्क्याएर राखिएको […]

प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत :पक्षमा १६५ र विपक्षमा ८३ मत

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका […]

देउवा सरकारद्वारा ओलीले गरेको ११ राजदूतको नियुक्ति खारेज

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले यसअघिको सरकारले गरेको ११ देशका राजदूत नियुक्ति खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले संसदीय प्रक्रिया छलेर गरेको राजदूत नियुक्ति गरिएकाले खारेज गरिएका एक मन्त्रीले जनाए । ‘संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज भएको हो,’ ती […]

प्रधानमन्त्रीको आग्रहमा जसपा महन्थ पक्षले विश्वासको मत दिने

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।जसपा नेता एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाका अनुसार ठाकुर पक्षलेसमेत देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । देउवाले विश्वासको मत दिन आग्रह गर्दै ठाकुरलाई आइतबार पत्र लेखेका थिए । सत्ता र […]

प्रदेश १ मा कार्यरत डिएसपी रमेशकुमार देवको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) रमेशकुमार देवको निधन भएको छ। प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत डिएसपी देवको क्यान्सरका कारण निधन भएको हो।पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो। डिएसपी देवको आइतबार बिहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो । यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको […]

भारतले नेपाललाई उपहारमा १५० आईसीयु बेड प्रदान

मुलुक डेस्क, काठमाडौं । २०७८साउन ३, आइतबार भारत सरकारको तर्फबाट नेपाल सरकारलाई कोभिड-१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरिएको छ । आज भएको एक कार्यक्रमको बीच भारतीय राजदूत बिनय मोहन क्वात्राले नेपाल सरकारलाई सो उपहार स्वरुप प्रदान गरेका हुन् ।

लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आठ श्रष्टा सम्मानित

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई शनिबार विशेष सम्मान गरेको छ। विगत २६ वर्षदेखि कलामन्दिरले निरन्तर स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। साहित्यकला मन्दिरले नेपाली वैज्ञानिक महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, वरिष्ठ […]