May be an image of 1 person and sky

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार

नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) रमेशकुमार देवको निधन भएको छ। प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत डिएसपी देवको क्यान्सरका कारण निधन भएको हो।पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो।

डिएसपी देवको आइतबार बिहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए।२०६४ मा निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन्। पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published.