
कृष्ण सिंह, रौतहट । २०७८ साउन ४, सोमबार
जिल्ला अस्पताल गौर दिनप्रतिदिन गैर जिम्मेवार बन्दै गएको छ । जिल्ला अस्पताल गौरमा उपचार गराउन आएका बिरामीहरु संग चिकित्सकहरुले लापरबाही गर्न सुरु गरेका छन्। जिल्ला अस्पताल गौरमा उपचार गराउन गएका १ बिरामीलाई अस्पतालबाट म्याद सकेको औषधी दिएको बिरामीका आफन्तले जनाएको छ ।
जिल्ला अस्पताल गौरमा थन्क्याएर राखिएको औषधी समयमा बितरण नगरी म्याद सकेपछि बितरण गर्न थालेका छन्। आरडिसी नेपालमा कार्यरत गौर नगरपालिका वडा नंबर ४ का अंदाजी ३० बर्षीय अर्जुन पटेल मोटरसाइकल दुर्घटनामा परी घाइते भएको थियो। घाईते पटेलको जिल्ला अस्पताल गौरमा औषधी उपचारकै क्रममा अस्पतालबाट सि प्रोफ्लोक्सासिन १०० एमएल को म्याद सकिएको हुँदा पनि उपचार्थ बिरामीमा प्रयोग गर्न दिएको थियो।

अस्पताल जस्तो संबेदनसिल ठाउँमा म्याद सकेको औषधी प्रयोगमा ल्याउँदा संलग्न सबैलाई कानुनी कार्वाहीको दायरामा ल्याउन बिरामीका आफन्तले माग गरेका छन्। लाखौंको औषधीहरु बिरामीको उपचारमा नलगाई अस्पतालले म्याद सकेपछि बिरामीहरुमा प्रयोग गर्न बितरण गरिएको पाईएको हो। बिरामीको ज्यान संग खेलवाड गर्दै जिल्ला अस्पताल गौरको मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साह आफू जोगिनका लागि यो दवाई अस्पतालमा स्पाई नै नभएको दावी गरे तर बिरामीका आफन्तले भने यो औषधी अस्पतालबाटै उपलब्ध गराएको हो।
जानीजानी गल्ती गर्ने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.साह गैर जिम्मेवारी प्रकृया दिदा यस्ता चिकित्सक र स्टोर प्रमुख रामश्रे मुखियालाई कानुनी कार्वाही गर्न संबंधित निकाय संग माग गरेका छन्। डा.साहको कर्तुत बाहिर नआओस भन्दै एचएमा अध्यनरत रहेका बिधार्थीहरुको दोष लगाउँदै आफू बच्न ट्रेनिङ्ग गरिरहेका बिधार्थीहरुमा आक्रोश पोखिरहेका छन् ।