May be an image of 4 people and people standing

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ४, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन।सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरी पनि सहभागी थिए।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो।यो खोप एक डोजमात्र लगाए पुग्छ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *