कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजी विषयमा अधिकतम विद्यार्थी अनुत्तीर्ण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ०५, सोमवार राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा […]

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा मनराकट्टीमा “स्मृति दिवस तथा सम्मान” कार्यक्रम ।

संजीव सिंह, महोत्तरी । २०८१ कार्तिक ०२, शुक्रवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको चौथो पुण्यतिथिको अवसरमा महोत्तरीको मनराकट्टीमा “स्मृति दिवस तथा सम्मान” कार्यक्रमको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ । फाउण्डेशनले मनरा शिसवा नगरपालिका वडा नं. १ स्थित मनराको मुटुमा स्मृति दिवस मनाउनुको साथै नेपाली काङ्ग्रेस महोत्तरीका बुजुर्ग र वरिष्ठ नेताहरुलाई […]

नेपाल मेडिकल कलजद्वारा मिर्गौला चिरिएका युवकको ज्यान बचायो ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ३०, बुधवार नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ। फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका छन् । असोज २० गते नेपाल मेडिकल […]

नेपाल प्रहरी अपरिहार्य र महत्वपूर्ण संस्था: गृहमन्त्री रमेश लेखक।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज २९, मंगलवार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिक विचको पहिलो सम्पर्क सुत्राका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताएको छ । ६९औं प्रहरी दिवसको अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई […]

निर्मला कुर्मी न्यायका आन्दोलनरतलाई प्रहरीद्वारा कुटपिट ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज २९, मंगलवार न्यायका लागी नांगो खुट्टा, हातमा संबिधानको किताब र न्यायको प्रतिक न्यायिक तराजु बोकेर निर्मला कुर्मी न्यायका आन्दोलनरत महिला अधिकारकर्मीलाई नेपाल प्रहरीले कुटपिट गरेको छ । मानवीय संवेदनशिलता हराउँदै गएको यो घटनामा प्रहरीको ज्यादती र सरकारको नालायकपना प्रष्ट देख्न सकिन्छ । विगत तीन महिनादेखि निरन्तर संघर्षरत महिला समुहललाई […]

कट्टीमा महावीरी झण्डाकाे अवसरमा बृहत् सरसफाइ कार्यक्रम ।

मुलुक डेस्क, महोत्तरी । २०८१ असोज २८, सोमवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा महावीरी झण्डाकाे अवसर पारेर आज बृहत् सरसफाइ कार्यक्रम गरिएको छ। कट्टीको प्रख्यात मन्दिर रामजानकी कुट्टीबाट सफाइ अभियानको शुरूवात भएको थियो । सरसफाइ कार्यक्रमको शुरूवात मेयर मोहन पाण्डेय, वडाध्यक्ष नरेश कुमार सिंह, नेता नवीन सिंह “दितान्षु”, रन्जित कुमार सिंह, केशरी किशोर […]

झिझिया लोकनृत्यको समाजशास्त्रीय अध्ययन

राकेशप्रसाद चौधरी । जलेश्वर बडादशैं शुरू भएसँगै तराई, मधेशका विभिन्न गाउँ, शहरमा झिझिया प्रतियोगिताहरूको आयोजना हुनेगर्छ। खासगरि मिथिलाञ्चल क्षेत्रमा झिझियालाई लोकनृत्यको रूपमा मान्यता छ।लोक भनेको साधारण जनसमाज बुझिन्छ। त्यस समाजभित्र मनाइने नृत्यलाई लोकनृत्य भनिन्छ। बडादशैंको अवसरमा मिथिलाक्षेत्रको विभिन्न स्थाानमा माटोको प्रतिमा बनाएर दुर्गा भवानीलगायतका देवीदेवताको पुजापाठ हुने गरेकाले दुर्गापुजा भनिन्छ। यस क्षेत्रमा झिझिया नृत्य बिना […]

कट्टीमा महावीरी झण्डाकाे तयारी अन्तिम चरणमा ।

मुलुक डेस्क, महोत्तरी । २०८१ असोज २५, शुक्रवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा महावीरी झण्डाकाे तयारी अन्तिम चरणमा पुगेको आज कट्टी कुट्टीमा आयोजित “दशै झण्डा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोह” मा सार्वजनिक गरिएको छ । विगत ७ दशकभन्दा बढीको इतिहास बोकेको झण्डाकाे सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र आउँदो […]

“म सत्ता छाड्दिन !”

डा. मनोज कुमार झा । काठमाडौं पटकपटक किड्नी थपेरै भएपनि,निर्लज्जताको हरेक सिमा पार गरेरै भएपनि,जोसुकैको अगाडि लम्पसार परेरै भएपनि,ढुक्क रहनुस, म सत्ता छाड्दिन ! देश-मातृभूमि बेचरै भएपनि,नागरिक-जनता मारेरै भएपनि,लाज-सरम पचाएरै भएपनि,ढुक्क रहनुस, म सत्ता छाड्दिन ! जतिसुकै ढाँट्नु नै किन नपरोस् ,झुठो बोलेरै जनता झुक्याएरै भएपनि,उखानटुक्का मै लठ पारेरै भएपनि,ढुक्क रहनुस, म सत्ता छाड्दिन ! […]

मध्यपुर थिमि सहकारीको थिमि भैलः

केके मानन्धर, भक्तपुर । २०८१ असोज २०, आइतवार मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवर्द्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ […]