मुलुक डेस्क, महोत्तरी । २०८१ असोज २५, शुक्रवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा महावीरी झण्डाकाे तयारी अन्तिम चरणमा पुगेको आज कट्टी कुट्टीमा आयोजित “दशै झण्डा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोह” मा सार्वजनिक गरिएको छ ।

विगत ७ दशकभन्दा बढीको इतिहास बोकेको झण्डाकाे सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र आउँदो सोमवार सम्पुर्ण ग्रामको बृहत् सरसफाइ कार्यक्रम रहेको वडाध्यक्ष नरेश कुमार सिंहले जानकारी गराए । झण्डा कट्टीकाे दशकौंदेखिको परम्परा र मौलिकता बोकेकोको धार्मिक उत्सव रहेको र यसलाई ग्रामवासीले दिपोत्सव गरि गौरवको रुपमा मनाउने कार्यक्रम रहेको राजपुत समाज नेपालको केन्द्रिय अध्यक्ष विजयकुमार सिंहले बताए ।

कार्यक्रम कट्टीको प्रसिद्ध रामजानकी कुट्टीमा आयोजना गरिएको महावीर पुजा समितिको अध्यक्ष रोमन कुमार सिंहले बताए ।समारोहमा महावीरी झण्डाको तयारी अवस्थासंगै ग्रामको खानेपानी, विद्यालय, सरसफाई लगायतको विषयको बारेमा बृहत् छलफल भएको सामाजिक अभियान्ता रन्जित कुमार सिंहले बताए।

कार्यक्रममा कट्टी ग्रामवासी रामवावु सिंह, मदन सिंह, शम्भु प्रसाद सिंह, नवीन सिंह “दितान्षु”, केशरी कुमार सिंह, रघुवंश कुमार सिंह, शालिग्राम सिंह, राकेश कुमार सिंह, जयप्रकाश सिंह सहित सयौंको संख्यामा भद्रभलादमीको उपस्तिथि रहेको थियो ।
