मुलुक डेस्क, महोत्तरी । २०८१ असोज २८, सोमवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा महावीरी झण्डाकाे अवसर पारेर आज बृहत् सरसफाइ कार्यक्रम गरिएको छ। कट्टीको प्रख्यात मन्दिर रामजानकी कुट्टीबाट सफाइ अभियानको शुरूवात भएको थियो ।

सरसफाइ कार्यक्रमको शुरूवात मेयर मोहन पाण्डेय, वडाध्यक्ष नरेश कुमार सिंह, नेता नवीन सिंह “दितान्षु”, रन्जित कुमार सिंह, केशरी किशोर सिंह, रघुवंश कुमार सिंह, लन सिंह, विजयकुमार सिंह, राकेश कुमार सिंहले झाडु लगाएर गरेका थिए । विगत ७ दशकभन्दा बढीको इतिहास बोकेको झण्डाकाे परम्परालाई निरन्तरता दिदै झण्डा ठड्याउने दिन अगाडि सम्पुर्ण ग्रामको बृहत् सरसफाइ कार्यक्रम विहानै देखि शुभारम्भ भएको वडाध्यक्ष नरेश कुमार सिंहले बताए ।

कार्यक्रममा कट्टी ग्रामवासी रामवावु सिंह, विजय सिंह, शम्भु प्रसाद सिंह, शालिग्राम सिंह, राकेश कुमार सिंह, जयप्रकाश सिंह, अशोक कुमार सिंह सहित सयौंको संख्यामा भद्रभलादमीको उपस्तिथि रहेको थियो । मनरा शिसवा नगरपालिकाको सहयोग र समन्वय तथा प्रहरी चौकी इटहर्वाकट्टीकाे साथ र समर्थन पनि रहेको थियो ।
नगरप्रहरी, बेरोजगार शाखाका सरसफाइकर्मी एवम् सम्पुर्ण कट्टीवासीको साथ समर्थन र सहयोगले बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।