संजीव सिंह, महोत्तरी । २०८१ कार्तिक ०२, शुक्रवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको चौथो पुण्यतिथिको अवसरमा महोत्तरीको मनराकट्टीमा “स्मृति दिवस तथा सम्मान” कार्यक्रमको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ ।

फाउण्डेशनले मनरा शिसवा नगरपालिका वडा नं. १ स्थित मनराको मुटुमा स्मृति दिवस मनाउनुको साथै नेपाली काङ्ग्रेस महोत्तरीका बुजुर्ग र वरिष्ठ नेताहरुलाई सम्मान समेत गरेको छ। चौथो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका सह-महामन्त्री तथा पुर्व संघीय मन्त्री महेन्द्र यादव रहेका थिए अध्यक्षता फाउण्डेशनका अध्यक्ष इ. रन्जित कुमार सिंहले गरेका थिए । यसैगरी फाउण्डेशनका अभिभावक र पारिवारिक सदस्य जेष्ठय नागरिक चन्द्रिका सिंहले सम्मानित व्यक्तित्वलाई सल र सम्मानपत्र वितरण गरेका थिए।

फाउण्डेशनले प्रतिबन्धित कालका प्रजातान्त्रिक आन्दोलनका २८ जना योद्धाहरुलाई सम्मानित गरेको छ । सत्यनारायण सिंह, कामेश्वर पाण्डेय, महेन्द्रकुमार मिश्र, नरेन्द्रप्रसाद मिश्र, रविन्द्र ठाकुर, बलराम शर्मा, श्रीमती दानादेवी, बजरंग नेपाली सहितका नेतालाई आजको कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली काङ्ग्रेसका सांसदद्वय महेन्द्र कुमार यादव र नगिना यादव, केन्द्रिय सदस्य मंजु यादव, जिल्ला सभापति नागेश्वर यादव, मनरा शिसवाका मेयर मोहन पाण्डेय, पुर्वमेयर संजयकुमार सिंह, नेकपा मावोवादीका केन्द्रिय सदस्य राजेन्द्र साह, जसपा नेतृ रेणुका सिंह, नेपाली काङ्ग्रेसका नेता राम दयाल यादव, शम्भु नारायण पाठक, विष्णुदेव यादव, किशोर सिंह, राजाराम यादव, मनोज चौधरी, उत्तिम यादव, दिप्ताशुं सिंह, ललन सिन्हा, नरेश यादव, मनरा शिसवाका वडाध्यक्षहरु गोविन्द चौरसिया, नरेश सिंह र अशोक कुमार अधिकारी, ललित यादव, अमोद सिंह, ललन सिंह, संजय सिंहको उपस्थिति रहेको थियो।

फाउण्डेसनले विगतको वर्षमा मनरा शिसवा नगरपालिकाको आठ वटा सामुदायिक विद्यालयमा नि:शुल्क बैग वितरण गरेको थियो । यसैगरी स्व. सुरेन्द्र प्रसाद सिंहको शालिक उनकै पैत्रिक गाउँ कट्टीमा निर्माण हुने फाउण्डेसनका अध्यक्ष रन्जित सिंहले जनाए । कार्यक्रममा नगरवासी, विभिन्न दलका प्रतिनिधि र नेपाली काङ्ग्रेसका अधिकतर नेताहरुको उपस्थिति रहेको थियो । सभ्य र शान्त वातावरणमा कार्यक्रम संचालन भएको स्थानीय उपस्थित जनसमुदायको भनाइ रहेकोे थियो भने शिक्षाकर्मी एवं सञ्चारकर्मी तथा फाउण्डेसनका सल्लाहकार संजीव सिंहले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *