महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती ।

संजीव सिंह, काठमाडौं । २०८१ कार्तिक २५, आइतवार महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द […]

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २४, शनिवार नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गरेको हो । काठमाडौं […]

छठ पर्वको महिमा: बिधि र परम्परा।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २२, बिहीवार छठ पर्व नेपाल र भारतमा सनातनी हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा […]

लोक गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २१, बुधवार छठ गीतको गायनले लोकप्रिय स्वरकी लोक गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ । शारदा सिन्हाको जन्म १ अक्टोबर १९५२ मा बिहारको सुपौलमा भएको थियो । भारतीय लोक तथा शास्त्रीय गायिका सिन्हाले मुख्यतया मैथिली र भोजपुरी भाषामा लोक आस्थाको अनेकौं कर्णप्रिय गीत गइन् । उनलाई […]

पाटनमा ४ सय वर्ष पुरानो कार्तिक नाच ।

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २१, बुधवार पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि तीन सय त्रियासी वर्षदेखिको कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिले जनाएको छ । यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका […]

छठ व्रतालुलाई पूजा सामग्री वितरण

मुलुक डेस्क, जनकपुरधाम । २०८१ कार्तिक १९, सोमवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोकआस्थाको छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको भन्दै सूर्योपासना सृष्टि पूजासँगै जीवन दर्शन भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री सिंहले जीवनलाई आधार दिने विशाल, उर्वर, समथर […]

नेकपा एमालेद्वारा जलेश्वरमा शुभकामना आदानप्रदान ।

रामपुकार साह, महोत्तरी । २०८१ कार्तिक १९, सोमवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ जलेश्वरमा अवस्थित जिल्ला समन्वय समितिको सभाहलमा नेपाल कम्युनिस्ट पार्टी एमाले जलेश्वर नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष एवम् वडा अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रघुवीर महासेठ विशिष्ट […]

कविता: “विचार”

सृजना सरोवर । काठमाडौं उषा हुँदा झट्पट जाग्नुपर्छप्रभातमा जाँगर डाक्नुपर्छजसै डुबे भाष्कर साँझ पर्छचरासँगै बास म फिर्नुपर्छ ।।१! हँसाइ सारा जग हाँस्छ मान्छेस्वतन्त्र मान्छे भइ बाँच्छ मान्छेबितेर जाने चिज जिन्दगी होयुगीन माया पनि साँच्छ मान्छे ।।२! मभित्र जाग्छन् सुविचार सच्चाझुटो कुराले मन हुन्छ कच्चालिएर मोटो किन बुद्धि बाँच्नेखराब तृष्णा मनमा नसाँच्ने ।।३! बुवा र आमा […]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक १५, बिहीवार मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ। नेपालमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले विभेदकारी निर्वाचन ऐन तत्काल संशोधन […]

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

मुलुक डेस्क, महोत्तरी । २०८१ कार्तिक १३, मंगलवार संयुक्त मधेश संघर्ष समितिले महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको […]