मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २१, बुधवार

छठ गीतको गायनले लोकप्रिय स्वरकी लोक गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

शारदा सिन्हाको जन्म १ अक्टोबर १९५२ मा बिहारको सुपौलमा भएको थियो । भारतीय लोक तथा शास्त्रीय गायिका सिन्हाले मुख्यतया मैथिली र भोजपुरी भाषामा लोक आस्थाको अनेकौं कर्णप्रिय गीत गइन् । उनलाई बिहार कोकिला पनि भनिन्छ। सिन्हाले ‘विवाह गीत’, ‘छठ गीत’ जस्ता धेरै क्षेत्रीय गीत गाइसकेका छन् । सन १९९१ मा, उनले संगीतमा उनको योगदानको लागि पद्मश्री पुरस्कार र २०१८ भारतको तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मभूषण समेत प्रदान गरिएको थियो।

गायिका सिन्हाले सन् १९७४ मा भोजपुरी गीतबाट आफ्नो करियर सुरु गरेकी थिइन्। सन् १९८९ मा बलिउडमा प्रवेश गरेकी थिइन् । उनको निधन ५ नोभेम्बर २०२४ मा दिल्ली एम्समा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *