रामपुकार साह, महोत्तरी । २०८१ कार्तिक १९, सोमवार

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ जलेश्वरमा अवस्थित जिल्ला समन्वय समितिको सभाहलमा नेपाल कम्युनिस्ट पार्टी एमाले जलेश्वर नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष एवम् वडा अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रघुवीर महासेठ विशिष्ट अतिथि रामदयाल मण्डल, रामधार कापर, सीताराम झा, राजेश झा, शिवचन्द्र सिंह, राम प्रकाश साह, पुष्पा यादव, चन्द्र मण्डल, सरोज यादव लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेकोे थियो।

यसैगरी पार्टी प्रवेश कार्यक्रम मार्फत जलेश्वर नगरपालिका वडा नं. १ देखि १२ सम्मका ५१ जनाले पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा एकडारा गाउँपालिकाबाट ६० जना, बलवा नगरपालिका लगायतबाट करिब सयौं जना पार्टी प्रवेश गरेका छन्।

#muluktimes #Mahottari #Jaleshwar #politics #politicalparty #CPN #NepalCommunistParty #Amale #Madhesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *