मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २२, बिहीवार

छठ पर्व नेपाल र भारतमा सनातनी हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ । तराईमा मात्र नभएर यो पर्व अहिले देशभर मनाउन थालिएको छ । तसर्थ यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले चार दिनको विदा दिनु पर्ने माग जोडले उठन थालेको छ ।

कार्तिक शुक्ल चर्तुथि तिथिबाट छठ पर्व विधि पूर्वक पूजा कार्यको शुभारम्भ हुन्छ। छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्र र भारतको बिहार ,ऊत्तर प्रदेश ,बंगाल र अन्य केही स्थानहरूमा श्रध्दा एवं भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ। छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व मनाइन्छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना (पूजा), तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।
यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।पौराणिक ग्रन्थहरूमा छठ पर्वको प्रामाणिक उल्लेख छ, जसमध्ये ब्रम्हवैवर्त पूराणको निम्न श्लोकलाई प्रमुख आधार मान्न सकिन्छ-

षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता l
बालाकाधिष्ठातृदेवी विष्णुमाया च बालदा ll
(ब्रम्हवैवर्त पुराण, प्रकृतिखण्ड, ४३/४/६ )

१) छठको पूर्वरुप (सूर्य उपासना) वेदमै पाइन्छ, तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ ।

(२) नेपाल मण्डल (काठमाडौँ उपत्यका र वरपर) बाट सुरु भएको स्वस्थानी व्रतसँग यसको विकासलाई तुलना गर्न सकिन्छ । शास्त्रीय आधार पनि लिने, तर मुख्यतः लोक परम्पराबाट अनुप्रणीत। पुरानो समाजको जातीय अन्तरसम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ ।

(३) छठ मुख्यतः भारतको बिहार र नेपालको तराइमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ । पहिचानको राजनीतिले यसको विस्तारमा ठूलो प्रभाव पारेको छ ।छठको महत्व क्रमश बढदै बढदैजादा नेपालको तराई भारतको बिहार हुदै हाल दक्षिण भारत लगायत संसारका विभिन्न देशहरूमा पनि हर्षोल्लासका साथ मनाऊन सुरू भै सकेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *