एमसिसीका उपाध्यक्ष काठमाडौंमा, प्रधानमन्त्री देखि उच्चस्तरीय नेतासंग भेटघाट गर्ने !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २४, विहीवार एमसिसीका उपाध्यक्ष काठमाडौंमा, कसकसलाई भेट्दै छिन ?काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुन । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, […]

महोत्तरीमा लोसपाको एकक्षत्र बर्चस्व ।

बद्री नाथ झा, जनकपुर । २०७८ भाद्र २१, सोमवार महोत्तरीको स्थानीय तहमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शक्तिशाली बनेको छ। जसपाका ७ पालिका प्रमुख र ९ उपप्रमुख नवगठित लोसपा रोजेको हो । साथै जसपाका २४७ जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर लोसपामा सनाखत गरेको निर्वाचन कार्यालय अधिकृत दिवाकुर भुजेलले जानकारी गराएका छन । जलेश्वर नगरपालिका, […]

ब्रह्मपुरीका २९ जना निर्वाचित जनप्रतिनिधिद्वारा लोसपा नेपालका लागि सनाखत ।

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १६, बुधवार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेको राजनीतिक दललाई भदौ २२ गतेसम्म निर्वाचन कार्यालयले दिएको पार्टी रोज्ने समयको सदुपयोग गर्दै आज (बुधबार) मलंगवा स्थित जिल्ला निर्वाचन कार्यालयमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका ७ वटा वडाबाट निर्वाचित भएका २९ जना जनप्रतिनिधिहरुको सनाखत गरिएको छ। निर्वाचन आयोगले […]

राजविराजमा नवगठित लोसपा नेपालको जिल्ला समिति कार्यालय उदघाटन ।

मुलुक डेस्क, सप्तरी । २०७८ भाद्र १४, सोमवार नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सप्तरी राजविराजमा जिल्ला समितिको कार्यालय उदघाटन तथा पार्टीको झण्डोतोलन सम्पन्न भएको छ । राजविराज वडा नं. ३ स्थित कर परामर्शको कार्यालय अगाडि आज जिल्ला कार्य समितिको कार्यालय संचालन गरिएको हो । सो अवसरमा राष्ट्रियसभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य शेखर […]

पत्रकार त्रिपाठीले गठन गरे “एकीकृत शक्ति नेपाल” पार्टी ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १४, सोमवार पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ राजनीति पार्टी घोषणा गरेका छन् । हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित एकीकृत शक्ति नेपाल नामको नयाँ संगठन घोषणा भएका हुन । हाल ३५ जनाको केन्द्रीय कमिटि रहेको र केहि समयपछि यो संगठन पार्टीमा रुपान्तरित हुने यस संगठनका संयोजक तथा अध्यक्ष त्रिपाठीले […]

कांग्रेसको ४८ जिल्ला क्रियाशील सदस्यताको सूची सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको […]

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा शपथग्रहण ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीको शपथग्रहण लगत्तै जसरी पनि बहुमत जोगाउने दाबी गरे। आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने बताए। नेकपा (एमाले) प्रदेश १ को संसदीय दलको नेतामा चयन भएको केही बेरमै आचार्य प्रदेशको […]

अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा – राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा ।

मुलुक डेस्क, काठमाडौं । २०७८भाद्र ०५, शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेश विद्येयकका कारण देश अस्थिरताको भूमरीमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ। यस क्रमले देशमा अस्थिर आउने […]

राप्रपाको एकीकृत शक्ति नै वैकल्पिक प्रजातान्त्रिक शक्ति हो – पशुपतिशमशेर राणा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार “राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्छ । दुई तिहाई बहुमत प्राप्त कम्युनिष्टको सरकारले जनादेशको दुरुपयोग गर्याे ।” राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी स्थापनाकालको उदेश्य पूरा हुनका लागि राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन्। ‘एकीकृत […]

“राष्ट्रियता जनतामा हुन्छ, भूगोलमा होइन ।” – महन्थ ठाकुर

“चन्द्रमा पनि एउटा भूगोल हो तर चन्द्रमाको कुनै राष्ट्रियता छैन । किनकि त्यहाँ मानिस बस्दै बस्दैन ।” मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार सयौं थुंगा फुलका हामी एउटै माला नेपाली’ र ‘सार्वभौम भई फैलिएको मेचि महाकाली’ यो हाम्रो राष्ट्रिय गानले शब्दचित्रमा हाम्रो विविधतालाई पनि देखाउँछ, भाषा संस्कृतिको पनि कुरा गरेको छ । फुलको […]