जसपाबाट महन्थ ठाकुरसहित १६ जना केन्द्रीय कार्यकारिणी निष्काशित ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २५, सोमवार जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। निर्वाचन आयोगले नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै अध्यक्ष ठाकुरसहित १६ जनाको नाम हटाएर ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको हो। सोमबार ट्वीट गर्दै जसपाका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन आयोगले विवरण अध्यावधिक गरेपछि पार्टीको […]

नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १७, आइतवार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका हुन् । प्रवक्ता ज्ञवालीकाअनुसार अध्यक्ष केपी शर्मा […]

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

रासस, काठमाडौं । २०७८ साउन १६, शनिवार जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मत रुपमा दलको नेता छानिएका हुन्। नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय […]

ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा !

मुलुक डेस्क, काठमाडौं । २०७८साउन १५, शुक्रवार जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च पुगेका छन्। उनले शुक्रबार सर्वोच्च पुगेर निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न निवेदन दायर गरेका हुन्। यसअघि निर्वाचन आयोगले साउन ११ गते पार्टीको कार्यकारिणी समितिमा बहुमत पुगेपछि यादव समूहलाई पार्टीको आधिकारिकता दिएको थियो। […]

उपेन्द्रको अवसरवादी चरित्र, पद रक्षा गर्नुपर्ने मजबुरी !

मुलुक डेस्क, काठमाडौं । २०७८साउन ११, सोमबार जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । साथै उनले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनुमा दुःख व्यक्त गरेका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन […]

निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार “आयोगको इजलासले उपेन्द्र यादव पक्षलाई बहुमतका आधारमा […]

जसपाको यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६, १ जना तटस्थ

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार जनता समाजवादी पार्टी (जसपा) को विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो । हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका […]

निर्वाचन आयोगमा जसपाका आधिकारिकताको लागि दुवै पक्षका नेताबीचको ‘हेड काउन्ट’ सुरु

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार निर्वाचन आयोग पुगेर छुट्टिने सहमति गरेका जनता सामाजवादी पार्टी (जसपा) का दुई पक्षका नेताको सोमबार ‘हेड काउन्ट’ सुरु भएको छ। जसपाको आन्तरिक विवाद टुंग्याउन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको हो। यसका लागि आयोगले दुवै पक्षका नेतालाई सोमबार नागरिकतासहित सशरीर आयोगमा बोलाएको छ। अध्यक्षद्वय महन्थ […]

जसपा चाडैं सरकारमा सामेल हुने यादवको भनाई

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले बताए । उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताए । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर […]

विवेकशील साझाले पुर्वप्रधानमन्त्री खनाल र ओलीको उपचार खर्च विवरण माग । र खर्च गैर कानुनी रहेको भन्दै ज्ञापन पत्र बुझाए

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार विवेकशील साझा पार्टीले सुचनाको हकको प्रयोग गरि पुर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले उपचारका लागि उपलब्ध गराएको खर्च विवरण माग गरेको छ। आइतबार अर्थात् आज विवेकशील साझा पार्टीका पुकार बम, हरीश भट्ट र रन्जन कार्कीले संयुक्त रुपमा प्रधानमन्त्री कार्यालयमा उपचार खर्च स्वरुप प्रदान गरिएको रकम […]