May be an image of 1 person and text

मुलुक डेस्क, काठमाडौं । २०७८साउन ११, सोमबार

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

साथै उनले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनुमा दुःख व्यक्त गरेका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’

महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् । महतोले यादवलाई अवसरवादी चरित्र देखाउदै पद जोगाउन गएको बताएका छन् । महतोले भने,‘पद रक्षा गर्नुपर्ने मजबुरी होला ! तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *