मुलुक डेस्क, काठमाडौं । २०७८साउन १५, शुक्रवार
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च पुगेका छन्। उनले शुक्रबार सर्वोच्च पुगेर निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न निवेदन दायर गरेका हुन्।
यसअघि निर्वाचन आयोगले साउन ११ गते पार्टीको कार्यकारिणी समितिमा बहुमत पुगेपछि यादव समूहलाई पार्टीको आधिकारिकता दिएको थियो। यादव समूहमा ३४ र ठाकुर समूहमा जम्मा १६ जना कार्यकारिणी सदस्य थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए पार्टी विभाजन हुने भन्दै त्यसलाई रोकिदिन माग गरेका छन्। रिटको पेसी आइतबारका लागि तोकिएको छ।