May be an image of 2 people and text

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार

जनता समाजवादी पार्टी (जसपा) को विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो ।

May be an image of 2 people, people standing and outdoors

हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसे ।

May be an image of 2 people, people standing and outdoors

जसपामा कार्यकारिणी समिति सदस्यहरुको हेड काउन्टबाट छिनोफानो गर्ने भनिएकोमा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि उनैले आधिकारिकता पाउने पनि निश्चित भएको छ ।

यसअघि जसपाको आधिकारिकता दाबी गर्दै ठाकुरले ३१ जनाको हस्ताक्षरसहित निवेदन दिएका थिए । नयाँ राजनीतिक घटना विकास हुँदा महन्थ ठाकुर पक्षका ३ जना यादव पक्षमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *