मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २५, सोमवार

जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। निर्वाचन आयोगले नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै अध्यक्ष ठाकुरसहित १६ जनाको नाम हटाएर ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको हो।

सोमबार ट्वीट गर्दै जसपाका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन आयोगले विवरण अध्यावधिक गरेपछि पार्टीको कार्यकारिणी समिति आजदेखि ३५ सदस्यीय भएको जानकारी दिए। नयाँ विवरण अध्यावधिक भएसँगै जसपाको अध्यक्ष पदबाट महन्थ ठाकुर स्वतः हटेका छन्।

जसपाले केन्द्रीय कार्यसमिति सदस्यहरुको नामावली अध्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको थियो। आयोगले जसपामा कसको पक्षमा बहुमत छ भनेर‘हेड काउन्ट’ (सनाखत) गरेको थियो। त्यसका लागि जसपाका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाइएको थियो। केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्य आयोग पुगे। ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरे। १६ जना ठाकुर पक्षमा उभिए। जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी तटस्थ बसे।

जसपाले ठाकुर पक्षमा मत दिएका १६ जनाबाहेक केन्द्रीय कार्यकारिणी सदस्यबाहेकको नाम कार्यकारिणी समितिमा अभिलेखीकरण गरेको हो।

यी हुन् नयाँ अध्यावधिक भएका केन्द्रीय कार्यसमिति सदस्य

१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन
३५ रेशम चौधरी

यी हुन् हटाइएका केन्द्रीय कार्यसमिति सदस्य

१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *