मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १४, सोमवार

पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ राजनीति पार्टी घोषणा गरेका छन् । हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित एकीकृत शक्ति नेपाल नामको नयाँ संगठन घोषणा भएका हुन । हाल ३५ जनाको केन्द्रीय कमिटि रहेको र केहि समयपछि यो संगठन पार्टीमा रुपान्तरित हुने यस संगठनका संयोजक तथा अध्यक्ष त्रिपाठीले बताए ।

त्रिपाठीका अनुसार उनले देशव्यापी रूपमा यो संगठन बनाउने र राजनीतिक दलको रुप दिने गरि संरचना बनाएका हुन् । उनले भने, ‘काइराला परिवारसँग जोडिएकी विपी कोइरालाकी नातिनी प्रकाश कोइरालाको छोरी अभिनेत्री मनिषा कोइरालाले राजनीतिकमा आउने भएकी छिन ।’ घोषणा सभामा भने मनिषा कोइराला उपस्थित थिइनन्। उनी चलचित्र सुटिङका लागि भारत गएकी हुनाले घोषणा सभामा उपस्थिति नभएको हो तर हाम्रो संगठनमा आउने पक्का भएको छ अध्यक्ष त्रिपाठीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *