मुलुक डेस्क, सप्तरी । २०७८ भाद्र १४, सोमवार

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सप्तरी राजविराजमा जिल्ला समितिको कार्यालय उदघाटन तथा पार्टीको झण्डोतोलन सम्पन्न भएको छ ।

राजविराज वडा नं. ३ स्थित कर परामर्शको कार्यालय अगाडि आज जिल्ला कार्य समितिको कार्यालय संचालन गरिएको हो । सो अवसरमा राष्ट्रियसभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य शेखर कुमार सिंह, संघीय सांसद तथा कार्यकारिणी समिति सदस्य चन्द्रकान्त चौधरी लगायतले सामूहिक झण्डोतोलन गरेका थिए ।

उक्त अवसरमा राष्ट्रियसभा सदस्य सिंहले लोसपाले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान र विभेद उन्मुक्तिको अभियानमा कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलित नभई अभियानमा एकजुट हुन अपिल गरेका छन् ।

यसैगरी, संघीय सांसद चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीले आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम, सिल्पी (दलित) खस लगायत सिमान्तिकरणमा परेका सबैको उत्थान र विभेद र उन्मुक्तिको अभियानमा एकजुट हुन आग्रह गरे ।

पूर्वनगर प्रमुख शैलेश चौधरीले लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्य पूर्ण प्रतिबद्धतासँगै लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण, सम्मानित, उत्पीडित सबै क्षेत्र र वर्गको राज्य व्यवस्था प्राप्त हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा लोसपाका नेता तथा जिसस प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, पार्टी नेता दिनेश यादब, गजेन्द्र मण्डल, सुनिल झा, अमरनाथ मण्डल, रामप्रित यादब, रूपनी वडा १ अध्यक्ष पिताम्वर यादब, दिपेन्द्र चौधरी, जागेश्वर राय, जिसस सदस्य लक्ष्मी साफी, युवा नेता रमानन्द यादब, बिदियान्नद चौधरी, सफिद मन्सुरी लगायत ले पार्टीको अभियान सँगै सफलता र प्रगतिशील अभियानका लागि एकजुट हुन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *