बद्री नाथ झा, जनकपुर । २०७८ भाद्र २१, सोमवार

महोत्तरीको स्थानीय तहमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शक्तिशाली बनेको छ। जसपाका ७ पालिका प्रमुख र ९ उपप्रमुख नवगठित लोसपा रोजेको हो । साथै जसपाका २४७ जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर लोसपामा सनाखत गरेको निर्वाचन कार्यालय अधिकृत दिवाकुर भुजेलले जानकारी गराएका छन ।

जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मठिहानी नगरपालिका, मनरासिसवा नगरपालिका, महोत्तरी गाउँपालिका र एकडाडा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले लोसपा रोजेका छन्। यस्तै औरही नगरपालिका, बलवा नगरपालिका र पिपरा गाउँपालिका उपप्रमुख पनि लोसपामै खुलेका छन् भने एक मात्र सोनमा गाउँपालिका प्रमुख र उपप्रमुख जसपा नै रोजेका हुन् ।

लोसपामा सनाखत गर्नेहरुमा जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र र उपप्रमुख मुनचुन देवी, भंगहा नगरप्रमुख संजिव कुमार साह र उपप्रमुख गंगा देवी सिंह, मठिहानी नगरप्रमुख हरि प्रसाद मण्डल र उपप्रमुख शिवोदेवी साह, मनराशिसवा नगरप्रमुख संजय कुमार सिंह र उपप्रमुख रमिता प्रधान छन् ।

त्यसैगरी महोत्तरी गाउँपालिका प्रमुख सुनिल राय र उपप्रमुख सीता देवी राय, एकडारा गाउँपालिका प्रमुख रामछविला साह र उपप्रमुख महजवी खातुन, औरही गाउँपालिका उपप्रमुख रेनु झा, बलबा नगरपालिका उपप्रमुख रिता देवी झा र पिपरा गाउँपालिका उपप्रमुख नन्नु कुमारी दासले लोसपामा सनाखत गरेको निर्वाचन आयोगले जनाएको हो ।

लोसपामा सनाखत गर्ने पालिका प्रमुख तथा उपप्रमुख पूर्व राजपाबाटै निर्वाचित भएका थिए। सोनामा गाउँपालिका प्रमुख राजकुमार यादव र विभादेवी साह भने जसपामै कायम रहेका छन्। उनीहरु दुबै तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए नेकपा एकीकृत समाजवादी बाट
महोत्तरीमा पिपरा गाउँपालिका प्रमुख विक्रम चौधरी र सम्सी गाउँपालिकाका प्रमुख मो. शेष फारुक हुन् । जबकि उनीहरु दुबै तत्कालिन एमालेबाट भने निर्वाचित भएका होइन् । पिपरा गाउँपालिका प्रमुख चौधरी तत्कालिन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने सम्सी गाउँपालिका प्रमुख मो. शेष फारुक नकेपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । फारुक पछिल्लो समय एमालेमा लागेका हुन् ।

महोत्तरीमा गौशाला, बर्दिबास र रामगोपालपुर नगरपालिकामा माओवादीका प्रमुख उपप्रमुख छन् । लोहारपट्टी, बलवा र औरही नगरपालिकामा काँग्रेसका प्रमुख छन् भने लोहारपट्टी नगरपालिका मात्रै कांग्रेसको उपप्रमुख रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *