कीर्तिपुरमा कांग्रेसको कीर्तिमानी जित

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०२, सोमवार नेपाली कांग्रेसले काठमाडौंभित्र दोस्रो स्थानीय तहमा जित हासिल गरेको छ । यसअघि दक्षिणकाली नगरपालिकाको प्रमुख जितेको कांग्रेसले कीर्तिपुर नगरपालिकामा पहिलोपटक जित हासिल गरेको हो । कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरे । नकर्मीले ९ हजार ४३ मत […]

कान्छाे गाउँपालिका अध्यक्ष बने राजाबाबु

मुलुक डेस्क, सर्लाही । २०७९ जेष्ठ ०२, सोमवार सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राजाबाबु यादव विजयी भएका छन् । यादव जम्मा २२ वर्षीयका हुन् ।अध्यक्षमा जितेकाहरुमध्ये यादव सबभन्दा कम उमेरका छन् । यादवले ४ हजार ८१ मत ल्याएर बिजय भएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानाए । राजाबाबु यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै […]

खाँदबारीको प्रमुखमा थपलिया र उपप्रमुखमा बज्राचार्य

मुलुक डेस्क, खाँदबारी । २०७९ जेष्ठ ०२, सोमवार सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले ८ हजार ३४ मत ल्याएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए । उपप्रमखमा नेकपा (एमाले)की महेश्वरा […]

भक्तपुरमा नेमकिपाको क्लिन स्विप

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०२, सोमवार भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नगर प्रमुख, उपप्रमुख र सबै वडामा विजयी भएका हुन्। यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे। […]

मनराशिसवा नगरपालिकामा नेपाली कांग्रेसको चुनावी सभा । “नेता गगन थापाको गुँज, मोहनको माहौल”

संजीव सिंह, महोत्तरी । २०७९ बैशाख २५, आइतवार मनराशिसवा नगरपालिका १, मनरामा आज नेपाली कांग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । युवा नेता एवं मनराशिसवाका मेयर प्रत्याशी मोहन पाण्डेयको आकर्षण तथा युवा ढुकढुकी एवं सर्वप्रिय नेता गगन थापाको उपस्थितिले कार्यक्रममा थप रौनकता र सफलता प्रदान गरेको थियोे । महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षता सम्पन्न […]

मनराशिसवा नगरपालिकामा बिकास बहस सम्पन्न ।

राम अधार साह, महोत्तरी । २०७९ बैशाख २२, बिहीवार मनराशिसवा नगरपालिकामा बैशाख २१ गते बुधवार बिकास बहस सम्पन्न भएको छ । महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनराको प्रमुख बजारस्थित डबलीमा हिजोको कार्यक्रममा नगरपालिकाका मेयरका प्रत्याशीहरु र जनताबीच प्रत्यक्ष बहस चलेको थियोे । उक्त “नगरपालिका बिकास बहस” कार्यक्रमको आयोजना मुलुक टाइम्सले गराएको थियो । “नगरपालिका […]

निर्वाचन आचार संहिता उल्लंघनबारे मकवानपुरमा सर्वदलीय बैठक ।

मुलुक डेस्क, मकवानपुर । २०७९ बैशाख १९, सोमवार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभा हलमा निर्वाचन आचार संहिता पालना नभएको भनी परेको उजुरीको बारेमा सर्वदलीय छलफल भएको छ। सबै दलका सहभागी प्रतिनिधिहरूले आचार संहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता गरे तापनि सडकमा ठूला दलहरूले आचार संहिता पालना नगरेको दृश्य जहीतही देख्न सकिन्छ। दलहरूले झण्डा, व्यानर बोकेर […]

उम्मेदवारी फिर्ताका लागि डर, त्रास र धम्की गलत : निर्वाचन आयोग

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १६, शुक्रवार उम्मेदवारी फिर्ताका लागि डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूरभएको जनाउँदै यस्तो कार्य नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ताका लागि दबाब दिइएको भन्ने सूचना आएको जनाएका छन्। आयोगले भनेको छ, ‘कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउँनका […]

लोसपाको २० बुदें घोषणापत्र सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौंमा । २०७९ बैशाख १६, शुक्रवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । ‘केही गरियो, अझै गर्न सकिन्थ्यो, धेरै गर्न बाँकी छ’ मूल ध्येयका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । शुक्रबार संघीय राजधानी काठमाडौंको बबरमहलस्थित लोसपा नेपालको केन्द्रीय कार्यालयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, […]

एमालेको घोषणापत्र जारी

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १४, बुधवार नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् घोषणापत्रको ‘कभर’मै ओली सरकारको समयमा भएका विकासका कामहरु देखाइएको छ। रानीपोखरी, धरहरा, जनकपुर-जयनगर रेल सेवा लगायतका कार्यहरु चित्रमार्फत […]