मुलुक डेस्क, सर्लाही । २०७९ जेष्ठ ०२, सोमवार

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट राजाबाबु यादव विजयी भएका छन् । यादव जम्मा २२ वर्षीयका हुन् ।अध्यक्षमा जितेकाहरुमध्ये यादव सबभन्दा कम उमेरका छन् ।

यादवले ४ हजार ८१ मत ल्याएर बिजय भएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानाए । राजाबाबु यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *