
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०२, सोमवार
भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नगर प्रमुख, उपप्रमुख र सबै वडामा विजयी भएका हुन्।
यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।
कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।
१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ को वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ को वडाध्यक्षमा राजकृष्ण गोरा, ४ को वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।