मुलुक डेस्क, खाँदबारी । २०७९ जेष्ठ ०२, सोमवार

सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् ।

उनले ८ हजार ३४ मत ल्याएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए ।

उपप्रमखमा नेकपा (एमाले)की महेश्वरा बज्राचार्य विजयी भइन् । उनले ६ हजार ३८५ मत प्राप्त गरेकामा निकटम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *