संजीव सिंह, महोत्तरी । २०७९ बैशाख २५, आइतवार

मनराशिसवा नगरपालिका १, मनरामा आज नेपाली कांग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । युवा नेता एवं मनराशिसवाका मेयर प्रत्याशी मोहन पाण्डेयको आकर्षण तथा युवा ढुकढुकी एवं सर्वप्रिय नेता गगन थापाको उपस्थितिले कार्यक्रममा थप रौनकता र सफलता प्रदान गरेको थियोे ।

महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाकोले गरिमामय बोध गराएको जनप्रतिनिधि लगायत सर्वसाधारणको प्रतिक्रिया रहेको स्थानीय बुद्धिजीवी एवं पुर्वी शिक्षक राम नरेश सिंहले बताए । यसपटक नेपाली कांग्रेस भारी बहुमतले जित्नेमा पार्टीका युवा नेता जय प्रकाश चौधरीले विस्वस्त रहेको प्रष्ट पारे ।

जिल्ला उपसभापति किशोर कुमार सिंह ‘प्रितम’ ले स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेता थापा सहित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी वक्ता शालिग्राम सिंहले नेपाली कांग्रेसलाई जिताउन जोडदार अपिल गरेका थिए ।

नगरपालिकाका मेयरका प्रत्याशी मोहन पाण्डेयले दमदार र आकर्षक शैलीमा भाषण गर्दै उपस्थित जनताको मन जित्न सफल भएको स्थानीय अमोद ओझाले बताए । जनताबीच प्रत्यक्ष सम्वाद र सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटन, भौतिक पुर्वाधार बिकास, वृद्धभता सहजिकरन एवं सम्मान तथा डिजिटल सेवा मार्फत जनताको सेवामा समर्पित रहने प्रतिवद्धता नेता पाण्डेयले गरे ।

प्रमुख अतिथि एवं पुर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री र सांसद गगन थापाले मेयरका प्रत्याशी पाण्डेयले शिक्षा र स्वास्थ्यमा गरेको घोषणालाई जितेमा जसरी पनि केन्द्रमार्फत साकार पार्न लगाउने बताए । उनले टुटफुटको राजनीति र मधेशको नाम बेच्नेको साइकल पन्चर भएको तथा छातामा प्वाल परेको पनि प्रष्ट पारे । मधेको धर्तीबाट कांग्रेसको बिजारोपन भएको र पुनः यहीँबाट जिवन्तता प्राप्त गर्ने पनि बताए । बिपि कोइरालाको सपना अनुसार नै नागरिकता बिहिनले मधेशमा नागरिकता पाउन सफल भएको पनि बताए । तसर्थ कांग्रेसलाई जिताउन उनले गाछी छापमा मोहर लगाउन सबैसंग अपील पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मुक्ता यादव, संविधानसभा सदस्य संगिता मंडल, जिल्ला उपाध्यक्ष राजाराम यादव, जिल्ला सचीव मनोज चौधरी, मधेश प्रदेश सदस्य लक्ष्मण प्रसाद ठाकुर, उपमेयर प्रत्याशी शकुन्तला देवी, केन्द्रिय महाधिवेशन प्रतिनिधि डा. अन्जनी झा, दिपतान्शु प्रताप सिंह, ललन सिंह, राम किशोर सिंह, नगर सभापति संजिव कुमार यादव सहित दस वटै वडाका अध्यक्ष प्रत्याशी लगायत सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *