
मुलुक डेस्क, काठमाडौंमा । २०७९ बैशाख १६, शुक्रवार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । ‘केही गरियो, अझै गर्न सकिन्थ्यो, धेरै गर्न बाँकी छ’ मूल ध्येयका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
शुक्रबार संघीय राजधानी काठमाडौंको बबरमहलस्थित लोसपा नेपालको केन्द्रीय कार्यालयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्य उमाकान्त झा, नेताहरु डा.सुरेन्द्र झा, जय निशान्तलगायतले सार्वजनिक गरेका हुन् ।

लोसपा नेपालले घोषणापत्रमा २० प्रतिबद्धताहरु गरेको छ । सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको क्षिा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था लगायतका प्रतिबद्धताहरु घोषणाा रहेका छन् ।
यस्तै, कृषिसेवा विस्तार, सिंचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेश बचाऔं, ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा, रोजगारमूलक, सीप विकास र उद्यमशीलता प्रवर्धन, युवाहरुको सन्तुलित विकास र खेलकुद पूर्वाधार निर्माण लगायतका प्रतिबद्धताहरु छन् ।