मधेश प्रदेशको राजपत्रमा चुच्चे नक्सा समेटियो ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ ०९, आइतवार नेपालको चुच्चे नक्सा सहितको राजपत्र मधेश प्रदेश सरकारले पुनः प्रकाशन गरेको छ । यसअघि राजपत्रमा नेपालको पुरानै नक्सा राखेर प्रकाशित गरिएको थियोे ।प्राविधिककारणले छापिएको पुरानो नक्साको आलोचना भएपछि प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुनः प्रकाशन गरेको हो । आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका […]

वीरगंजमा मधेश आन्दोलनका शहिदहरुप्रति प्रदीप यादवको श्रद्धाञ्जली ।

मुलुक डेस्क, वीरगंज । २०७८ माघ ०६, बिहीवार वीरगंजमा बलिदानी दिवशको अवसरमा मधेश आन्दोलनका वीर शहिदहरुप्रति संघीय सांसद प्रदीप यादवले श्रद्धाभावले श्रद्धाञ्जली अर्पण गरेका छन । विभिन्न चरणमा भएको मधेश आन्दोलनका क्रममा अधिकार प्राप्तिको लडाईकालागि संघर्ष गर्दै आफ्नो ज्यानको आहुति दिने सम्पूर्ण वीर शहिदहरुप्रति सांसद यादवले नमन गरेका छन । यादवले भने,”आज हामीले प्राप्त गरेको […]

नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको चौथो बैठकबाट कोषाध्यक्ष लगायत ११ वटै शाखा गठन

मुलुक डेस्क, रामेछाप । २०७८ माघ ०४, मंगलवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापकाे चौथो बैठकबाट जिल्ला कार्यसमितिका सदस्य लवबहादुर थापामगरलाई काेषाध्यक्ष चयन गरेकाे छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको इतिहासमै पूणर्रुपमा गठन हुन नसकेको शाखाहरु पहिलो पटक १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित पूणर्बहादुर तामाङ “कान्छाराम” द्वारा गठन गरिएको छ । जिल्लाभरकै पालिकाहरुमा काँग्रेसको […]

मन्त्री झाँक्रीको सय दिनको उपलब्धि विवरण ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ ०३, सोमबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले पदिय जिम्मेवारी सम्हालेको १०० दिन पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको […]

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाईले पारित ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ ०३, सोमवार जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा […]

मधेशभर आज जनमतको किसान रैली ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ पौष ३०, शुक्रवार किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा महारैली निकालेको छ । जनमत पार्टीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाहरूमा रैली निकालेको हो । सिरहामा निकालिएको रैलीमा पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी भएका थिए । जनकपुरधाममा रैली रामानन्द चौकबाट निकालिएर नगरका विभिन्न […]

धनुषाको कमलामा दर्जनौ युवाहरु जनमतमा प्रवेश ।

मुलुक डेस्क, जनकपुर । २०७८ पौष २८, बुधबार धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिकाको वडा नम्बर ७ हठमुण्ढास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय युवा देवेन्द्र कुमार यादवको नेतृत्वमा तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशिलाई जनमत पार्टीका […]

सिरहामा किसान महारैली घोषणा

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २८, बुधवार किसान आन्दोलनका समर्थक जनमत पार्टीले माघ ३० गते मधेसका सबै जिल्लामा महारैली गर्ने घोषणा गरेको छ । सिरहा सदरमुकाममा हुने महारैलीको सम्बोधन जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत गर्ने भएको छ । महारैलीमा सहभागी हुन जनमत पार्टी सिरहाले प्रचार प्रसारमा केन्द्रीत भएर अभियान शुरु गरेको छ् […]

प्रचण्ड सर्वसम्मत अध्यक्ष चयन

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १९, सोमवार नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै […]

रेशम चौधरीको श्रीमतीको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १९, सोमवार काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी […]