मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २८, बुधवार

किसान आन्दोलनका समर्थक जनमत पार्टीले माघ ३० गते मधेसका सबै जिल्लामा महारैली गर्ने घोषणा गरेको छ ।

सिरहा सदरमुकाममा हुने महारैलीको सम्बोधन जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत गर्ने भएको छ । महारैलीमा सहभागी हुन जनमत पार्टी सिरहाले प्रचार प्रसारमा केन्द्रीत भएर अभियान शुरु गरेको छ् । मधेसका अन्य जिल्लामा पनि महारैलीको तयारी भइरहेको जनमत जनकपुरका नेता बद्री नाथ झाले बताए । किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था, निःशुल्क बिजुली, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ ।

सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन अहिले देशभर फैलिएको छ । काठमाडौंमा समेत जनमतका समर्थक र किसानहरु पटक पटक प्रदर्शन गर्दै आईरहेका छन् । तर किसानको माग सरकार सम्बोधन गर्न सकारात्मक देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *