
मुलुक डेस्क, वीरगंज । २०७८ माघ ०६, बिहीवार
वीरगंजमा बलिदानी दिवशको अवसरमा मधेश आन्दोलनका वीर शहिदहरुप्रति संघीय सांसद प्रदीप यादवले श्रद्धाभावले श्रद्धाञ्जली अर्पण गरेका छन । विभिन्न चरणमा भएको मधेश आन्दोलनका क्रममा अधिकार प्राप्तिको लडाईकालागि संघर्ष गर्दै आफ्नो ज्यानको आहुति दिने सम्पूर्ण वीर शहिदहरुप्रति सांसद यादवले नमन गरेका छन ।
यादवले भने,”आज हामीले प्राप्त गरेको अधिकार र पहिचान शहीदहरुको दिएका योगदान र बलिदानको देन हो । मधेश र मधेशी जनतामाथि वर्षौंदेखि भइरहेको अन्याय, अत्याचार, विभेद र दहनलाई अन्त्य गर्न वीर शहिद रमेश महतोको बलिदानीले बिगुल फुकिदिएको आन्दोलनले मधेशलाई आफ्नो अधकारका लागि लड्नुपर्छ, केही गर्नुपर्छ भनेर झक्झकायो र फलस्वरूप आज हामीले थोरै भएपनि अधिकार र पहिचान पाएका छौँ ।”

कालान्तरमा वीर शहिदहरुले गर्नु भएको योगदानले पाएको उपलब्धिलाई प्रयोग गर्दै लिन बाकिरहेको अधिकार पनि संघर्ष मार्फत प्राप्त गर्ने जानकारी सांसद यादवले गराए । उनले थप्दै भने आज बलिदानी दिवसको महान दिन हो । हामी सबैले आ-आफ्नो स्थानबाट वीर शहिदहरुको योगदानलाई सम्झदै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश अधिकारको लागि सुरु भएको यो लडाईलाई निरन्तर जारी राख्न प्रतिबद्धता व्यक्त गर्न पनि उनले सबैसँग आग्रह गरे । शहिदहरुको योगदान र बलिदानलाई उच्च कदर गर्दै उनका परिवारलाई राज्यले थप अवसर र सुविधा सहित सम्मान गर्नेछ भनेर यादवले वकालत पनि गरे ।
यसकासाथै वीरगंजलाई मधेश प्रदेशको राजधानी नबनाएकोमा उनी आक्रोशित हुँदै सम्पुर्ण पार्टीका अध्यक्षहरुलाई सो को दोषी ठहर्याएका थिए । र मधेश आन्दोलनको क्रममा सबैभन्दा धेरै संघर्ष, सहयोग र बलिदान पर्सावासीले गरेको पनि स्मरण पनि गराए ।