मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १९, सोमवार

नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।

दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।

आइतबार भने दाहालले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली पढेर सुनाएसँगै आठौं‌ महाधिवेशन सम्पन्न भएको हो । यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *