सरी ल !

शर्मिला बन्जारा, वर्षः ०१ | अङ्क: ०८ | बैशाख २०७६ बिहानी कक्षाको पहिलो घन्टीको पखाईमा थिएँ म । घरीघरी माथिल्लो आड खोज्दै तल्लो परेलीसँग जुध्न पुग्छ । म झसङ्क हुन्छु । कानमा ठोकिन आइपुगेको धोद्रो आवाजको बेग्लै लवज छ । म अघिपछि हेर्छु । बेला बेलामा सरले टेबल ठटाउँदै बेतालमा घन्किएझै लाग्छ । म अघिपछि […]
एक टुक्रा कागज

शर्मिला बन्जारा, वर्षः ०१ | अङ्क: ०७ | फाल्गुन – चैत्र २०७५ एउटा वाक्य काफी थियो; आमाको सास रोकिन अनि बुबा जिउँदो लाश हुनु । लेखिएको थियो म अब कहिले फर्कने छैन । कानमा धुन बज्छ एकहोरो शंख फुकेझै त्यो कहालीलाग्दो दृश्य दुःखद क्षण, भारी रोदन न आमाले सहन सक्छिन् न बुबाले बेहोर्न नै । […]
‘जीवन्त यात्रामा राष्ट्रकवि’

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ ‘‘नेपाली हामी रहौंला कहाँ नेपालै न रहे’ राष्ट्र, राष्ट्रियताले ओतप्रति यी शब्दहरू जसरी जीवन्त छन् राष्ट्रकवि माधव घिमिरे र उनका भाव अभिव्यक्ति त्यत्तिकै भावनात्मक रूपमा बसेका छन्, प्रत्येक नेपाल प्रेमी नेपालीहरूका मन मस्तिष्कमा । उमेरसँग लुकामारी खेल्दै, यमराजलाई समेत चुनौती दिंदै कविवर माधव घिमिरे […]
गजल
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ ज्ञानुवाकर पौडेल चित्त यहाँ सबैको सानो लाग्यो ।जमाना यो सारै विरानो लाग्यो ।।आधुनिक देखिए पनि जीवनशैली ।सोचाई भने एकदम पुरानो लाग्यो ।।निमुखाले कहिल्यै न्याय नपाउने ।कानून पनि यहाँको कानो लाग्यो ।।दुःखमा मैले कसैलाई साथ दिंदा ।बनिने पो हो कि अचानो लाग्यो ।।छैन अब भरोसा कसैमाथि मलाई ।अँगालो […]
दशैं

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ आमा, दशैं आयो रे हो आमा? विरामी भई सुतिरहेकी आफ्नी आमालाई एउटा ५–६ वर्षको छोराले सोध्छ । आमा छोराको प्रश्न सुनेर पुलुक्क अनुहारमा हेर्छिन्, केही बोल्दिनन् । जवाफ केही नआएपछि छोराको प्रश्न फेरि तेर्सिन्छ, “भन्नुस् न आमा दशैं आयो रे हो? रामेले भनेको उसका […]
नेपालीवाङ्मयको एउटा गौरवशाली ग्रन्थ : कविशिरोमणि रचनावली

डा. सनतकुमार वस्ती, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ नेपाली वाङ्मयमा हालसालै एउटा गौरवशाली ग्रन्थ प्रकाशित भएको छ– कविशिरोमणि रचनावली । यसमा कविशिरोमणि लेखनाथ पौड्यालका समग्र साहित्यिक कृत्यको रमणीय संकलन गरिएको छ। बृहत्काव्य, लघुकाव्य, कविता संग्रह, नाटक र निबन्ध एवं अनूदित रचना गरी पाँचखण्डमा जम्मा २१वटा कृतिहरू रहेको यस विशिष्ट ग्रन्थमा सबै मिलाएर […]
तस्विर धमिलिँदै जान्छ ..

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ कोठाको कुनामा रहेको थोत्रो ग्यालनको विर्को उघार्छिन चन्द्रमायाँ । टीनले आफ्नो खोक्रोपना छल्र्याङग्याइदिन्छ । भाँडोमा चामलको एक गेडा पनि हुँदैन । भाँडो खाली देख्दा उनी आत्तालिन्छिन् । ‘अब के गने?’ एउटा प्रश्न चिन्ह उनलाई गिज्याएझै गरी सलबलाउँछ । खोक्रो भाँडोले चन्द्रमायाँको खोक्रो अवस्थालाई व्यक्त […]