वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
ज्ञानुवाकर पौडेल
चित्त यहाँ सबैको सानो लाग्यो ।
जमाना यो सारै विरानो लाग्यो ।।
आधुनिक देखिए पनि जीवनशैली ।
सोचाई भने एकदम पुरानो लाग्यो ।।
निमुखाले कहिल्यै न्याय नपाउने ।
कानून पनि यहाँको कानो लाग्यो ।।
दुःखमा मैले कसैलाई साथ दिंदा ।
बनिने पो हो कि अचानो लाग्यो ।।
छैन अब भरोसा कसैमाथि मलाई ।
अँगालो बरु तिम्रै न्यायो लाग्यो ।।
एलिना संग्रौला
देश भित्रै आन्तरिक झगडा छ
अझ उक्साउन छिमेकी तगडा छ ।
जताततै मिचिदै छ सीमाना देशको
सीमा वारी अर्कैको स्तम्भ खडा छ ।
खोई के लाग्ला र सीमानाको टुङ्को
वर्षौदेखि खाली यस्तै लफडा छ ।
हे सर्वोच्च चलाउने न्यायाधीश
भनिदेउ देशको कानून कडा छ ।
उद्धव बराल
होउन मुहारहरु सबका उज्याला
जागुन जाँगरिला हातहरु सबका उठेका
सबका मन रमोस् विहानी झैं चम्किला
सक्षम बनोस् पाउँहरु सबका फुर्तिला ।
बिगत वनोस निराशा, आशा बनोस् सधैं सबला
उज्यालो होस् माथ सबका जमरा र रातो टिका
श्री बृद्धि होस् नेपाली घरमा हिमाल झैं सुकिला
कामना सबै जनमा जय होस् शुभ विजया ।।