बाँकेमा थप ११ कोरोना सङ्क्रमितको मृत्यु
२९ वैशाख २०७८ | मुलुक डेस्क बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गएराति मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया […]
कोरोना संक्रमणबाट एमाले नेता चौलागाईंको निधन
२८ बैशाख २०७८ | मुलुक डेस्क नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । मंगलबार साँझ चौलागाईंको निधन भएको हो । चौलागाईँ मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
२४ घण्टामा कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु
२८ बैशाख २०७८ | मुलुक डेस्क नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् […]
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द
२८ बैशाख २०७८ | मुलुक डेस्क अन्तर्राष्ट्रिय उडानको प्रतिवन्ध थप भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध रहने जनाएको छ । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान […]
पर्साको जगरनाथपुरमा १० दिनमा ११ को कोरोनाले मृत्यु
२८ बैशाख २०७८ | मुलुक डेस्क पर्साको जगरनाथपुर गाँउपालिकाको एउटै गाउँमा १० दिनको अवधिमा ११ जनाको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेका छन् । मङगलवार ११ जनाको एन्टसजोन विधिबाट कोभिड १९ परीक्षण गर्दा तीमध्ये ७ जनामा संक्रमण भेटिएको छ । मृतक ११ मध्ये ६ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको गाँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र साहले […]
सर्लाहीको बसवरियामा आगलगी
कृष्ण सिंह | २८ बैशाख | सर्लाही सर्लाहीको बसवरिया गाउपालिका १ बजार स्थित बिधुत सर्ट भइ आगलगी भएको छ । सोमबार राति १० बजेको समयमा सोही ठाउँ बस्ने नवल किशोर यादबको रहेको हाडवेर पसलमा अचानक बिजुलीको करेनट सर्ट भई आगलगी भएको छ । आगलगीबाट पसल भित्र रहेको तार,एल इ डि बलफ, सुईच जली जम्मा रु […]
काठमाडौमा फेरि थप १५ दिनको निषेधाज्ञा
२७ बैशाख २०७८ | मुलुक डेस्क कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ । यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै […]
ओलीको बोलीमा विश्वासको मत परेन – स्वत: पद मुक्त
२७ बैशाख २०७८ | मुलुक डेस्क प्रधानमन्त्री केपी ओली संसद्बाट विश्वासको मत लिन असफल भएका छन्। विश्वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको घोषणा सभामुख अग्नी सापकोटाले गरेका हुन्। विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत […]
नयाँ सरकार गठनका लागि रास्ट्रपतिसमक्ष तीन दलको आग्रह
बैशाख २७, २०७८ | मुलुक डेस्क प्रधानमन्त्री केपी ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न उनीहरूले संयुक्त रुपमा राष्ट्रपतिलाई आह्वान गरेका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी […]
विराटनगरका विभिन्न अस्पतालमा थप ९ कोरोना संक्रमितको मृत्यु
२७ बैशाख, २०७८ | मुलुक डेस्क आइतबार साँझदेखि सोमबार दिउँसोसम्म विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल, विराट शिक्षण अस्पताल र न्यूरो अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा २ जना, वीवीमा ३ जना संक्रमितको मृत्यु भएको हो । वीपी कोभिड अस्पतालमा विराटनगर महानगरपालिका ८ […]