सुनसरीमा लकडाउन, सेना परिचालन

२ जेष्ठ २०७८ | मुलुक डेस्क सुनसरीमा शनिबारदेखि जेठ १५ सम्मको लागि लकडाउन गरिएको छ। यसअघिको निषेधाज्ञा प्रभावकारी नभएपछि जिल्ला प्रशासन कार्यालयले थप २ साता अवधि बढाउँदै कडा लकडाउन गरेको हो।   सुनसरी जिल्लामा संक्रमण दर तीव्र रूपमा फैलिइरहेको छ भने मृत्यु दर पनि बढ्दो छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार धरान, इटहरी र […]

दुर्गाभगवतीको मत्सरीमा भयानक आगलागी

कृष्ण सिह | जेठ १, २०७८ रौतहट जिल्ला का दुर्गाभगवती गाउँपालिका ३ मत्सरीमा एक घरमा आगजनी भएको छ। ईलाका प्रहरी कार्यालय गंगा पिपरा ,शसस्त्र प्रहरी बेश कैम्प भलोहिया को टोली र स्थानीयहरु को प्रयासले आगो लाई नियन्त्रणमा लिइएको छ। विपदा मा एउटा अर्को बिपद हाम्रो गा. पा को वडा. न : 3 मत्सरी मा भिसन […]

मधेसको मुद्दा समाधानका लागि महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ : शेखर कोइराला

जेठ १, २०७८ | मुलुक डेस्क कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।  कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुन: प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताए । ‘एक पटक संसद्मा विश्वास […]

कोभिड अस्पताल आएन सञ्चालनमा

जेठ १, २०७८ | मुलुक डेस्क विराटनगर — अस्पतालमा शय्या अभावमा कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्न बाध्य भएका बेला कोसी अस्पतालको ८० शय्याको कोभिड १९ उपचार केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ मा दैनिक संक्रमण दर बढेसँगै मृत्यु दरसमेत बढ्दै गएको अवस्थामा उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्तिकर्ताले त्यसको ग्यारेन्टी नगरेकाले […]

बालकलाई ठक्कर दिएर भागेका वडाध्यक्ष पक्राउ

कृष्ण सिंह | जेठ १, २०७८ सर्लाही:- वैशाख २५ गतेको फरार बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो। त्यसलगत्तै फरार वडाध्यक्ष यादव हिजो दिउँसो पक्राउ परेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। बरथहवा […]

जहाँ बिरामीको परीक्षणै हुँदैन

सुदूरपश्चिममा संक्रमण विकराल बन्ने जोखिम, निस्फिक्री घुम्छन् संक्रमित, गाउँ–गाउँमा रूघाखोकी र ज्वरोका बिरामी १ जेष्ठ , २०७८ | मुलुक डेस्क कञ्‍चनपुर, दार्चुला, बैतडी, अछाम — भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एक/दुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए […]

परवानीपुरमा कोरोना आंशकामा स्थानीयमा त्रास फैलियो

कृष्ण सिंह | ३० बैशाख , २०७८ सर्लाही : लालबन्दी नगरपालकिा-१६ परवानीपुरमा भाइरल ज्वरोका कारण एकै गाउँमा ५० जनाभन्दा बढी बिरामी परेका छन्। बिरामी परेकाहरूमा वाकवाकी लाग्ने, उच्च ज्वरो आउनेलगायत समस्या देखिएको छ। बिरामी बढेसँगै स्थानीय बासिन्दामा भने कोरोना संक्रमण फैलिएको हो कि भन्ने त्रास बढेको छ। विशेषरी सहरमा बसेका र अन्यत्रबाट हालै मात्र घर […]

उपत्यकामा अत्यावश्यक बाहेकका कार्यालय बन्द,अनावश्यक हिडडुलमा प्रतिवन्ध

३० बैशाख २०७८ | मुलुक डेस्क काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने भएको छ ।  काठमाडौ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरिएको जनाएको छ । प्रशासनले दुई साता निषेधाज्ञा लागाउँदा पनि कोरोना बढ्दो क्रममा रहेकाले अत्यावश्यक बाहेक सरकारी सार्वजनिक कार्यालय बन्द गर्ने […]

१५ वर्षपछि फेरे उपेन्द्रले धार

२८, बैशाख २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि उनी केही समयदेखि निरन्तर प्रयासरत छन्। नेकपा–एमालेबाट राजनीति सुरु गरी माओवादी हुँदै मधेशकेन्द्रित दलको नेतृत्व गर्दै […]

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसरी लिए सपथ (फोटोफिचर)

२९, बैशाख २०७८ | मुलुक डेस्क गोरखा । गण्डकी प्रदेशमा हालसालै नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् । मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भएका कारण स्वास्थ्य मापदण्ड अपनाएर उनले सपथ आएका हुन् […]