२९, बैशाख २०७८ | मुलुक डेस्क
गोरखा । गण्डकी प्रदेशमा हालसालै नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भएका कारण स्वास्थ्य मापदण्ड अपनाएर उनले सपथ आएका हुन् ।
गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ ९२० अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्न आह्वान गरेकी थिइन्। तर, कुनैपनि दलले वहुमत पुर्याउन नसकेपछि गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।