कृष्ण सिंह | जेठ १, २०७८

सर्लाही:- वैशाख २५ गतेको फरार बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो।

त्यसलगत्तै फरार वडाध्यक्ष यादव हिजो दिउँसो पक्राउ परेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

बरथहवा नगरपालिका-३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय ३ वर्षीय आदित्य महतोलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो।

पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *