२७ बैशाख २०७८  | मुलुक डेस्क

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।

यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *