निर्मला पन्त हत्याको ३ वर्षमा पनि हत्यारा पत्ता लागेन ?

प्रधानमन्त्री देउवाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन । मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी प्रमुख […]

सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ ।

खल्तीको १०% क्यासब्याक मोबाइल टपअप अफर

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत सम्म क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेटले ल्याएको छ। खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो। यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ । […]

शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा ललितपुर महानगर १६ मा निर्माण हुने भवनको शिलान्यास

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार वांगमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले स्यस्यः समाज यलको ललितपुर महानगर १६ मा निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।कार्यक्रममा सत्यमोहन जोशीबाट वर्तमान कोरोना माहामारीका काराण उनकै स्वनिवासबाटै संकल्प पूजा गरेका हुन् । शनिबार बिहान ८ः४२ को शुभ साइतमा जग साइत पूजा र त्यस पछिको औपचारिक कार्यक्रममा […]

जनकपुरमा बजाजको नयाँ शोरुम

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई […]

गोल्छा कन्सुलरहरुको डिनमा नियुक्त

काठमाडौं । २०७८ साउन १०, आइतबार नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल ९एचसीसी–एन० मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्कोका लागि महावाणिज्यदूत बसन्तकुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन हुनुभएको हो । उहाँ पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत हुनुहुन्छ ।एचसीसी–एनको १४औं […]

आज ललितपुरमको केही ठाँउमा विद्युत अवरुद्ध हुने !

ललितपुर । २०७८ साउन १०, आइतबार आइतबार ललितपुरमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण लगनखेलका ललितपुरका अनुसार आइतबार बिहान ८ बजे देखि १०ः३० बजेसम्म हरिसिद्धी फीडरअन्तर्गत उद्योगमार्गमा ०.०३ एसीएसर तारलाई १०० को कभर तारबाट बादली गर्न हरिसिद्धी माईक्रोपार्कको कट आउट कटेर काम हुने भएकाले विद्युत अवरुद्ध हुन लागेको हो । यसबाट हरिसिद्धि धापाखेल […]

प्रदेश २ मा कोरोना संक्रमण दर घट्दो !

मुलुक डेस्क, जनकपुरधाम । २०८ साउन ९, शनिबार प्रदेश २ मा कोरोना संक्रमण दर घट्दोछ । प्रदेश २ का ८ जिल्लामा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो ।स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ४ सय ६६ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २५ जना विभिन्न अस्पतालमा […]

नेपाली काँग्रेस रौतहटका पूर्व मंत्रि द्वारा केन्द्रीय कार्यालय सानेपामा धर्ना

कृष्ण सिंह, सर्लाही । २०७८ साउन ९, शनिबार रौतहटमा नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं-१का भु.पु सांसद तथा पुर्व मंत्रि ब्रज किशोर सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा रौतहटका नेताहरु धर्नामा बसेका छन । नेपाली कांग्रेस रौतहटमा पार्टीको १४ […]

मलेसियाबाट एकैदिन २४ शव र ३ अस्तु नेपाल ल्याइयो

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ९, शनिबार मलेसियाबाट एकैदिन २४ शव र ३ अस्तु नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजको फ्लाइट आर ए ४१६ मार्फत मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र […]