मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार
खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत सम्म क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेटले ल्याएको छ। खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो। यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ ।
प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टपअप गर्न पसल धाई रहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक, श्री शिरिष श्रेष्ठले बताए।
एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुनेछ। साथै खल्ती केवाईसि पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ ।
यो योजना श्रावण ७ देखि सुरु भइ सिमित समयावधिको मात्र लागि हुनेछ। क्यासब्याक हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम रु. १०० हुनेछ भने त्यस पश्चात् सामान्य रूपमा पाइने १प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।
आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मापनि सामान्य रूपमापाइने १प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए त्चबलकबअतष्यल ज्ष्कतयचथ मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ।