
कृष्ण सिंह, सर्लाही । २०७८ साउन ९, शनिबार
रौतहटमा नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं-१का भु.पु सांसद तथा पुर्व मंत्रि ब्रज किशोर सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा रौतहटका नेताहरु धर्नामा बसेका छन ।
नेपाली कांग्रेस रौतहटमा पार्टीको १४ औं अधिवेशनमा प्रभाव पार्ने उदेश्यले बितरित अनियमित क्रियाशील सदस्य बितरणका बिरुद्धमा छानविनको माग गर्दै नेपाली कांग्रेस रौतहटका पूर्व माननिय तथा अन्य नेताहरु आइतवार देखि नै नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्नामा बसेका हुन ।
चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबैभन्दा बढी क्षेत्र नं. १ ,२ मा क्रियाशिल सदस्यता सम्बन्धि बिबाद देखिएको छ भने क्षेत्र नं. ३ र ४ मा पनि बिबाद देखिएको छ । क्षेत्र नं. १ र क्षेत्र नं. २ मा समायोजनको नाममा आफु खुसि मनपर्दी ढंगले पार्टी बिधान बिपरित क्रियाशिल वितरण गरेको नेपाली काँग्रेसका नेता एवं पूर्व मंत्रि सिहंले बताए ।
त्यस्तै क्षेत्र नं. ३ र ४ मा जिल्ला सभापती आफुखुसि पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान मंत्रि सिहंको आरोप छ । जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए ।
अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए । ‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान मंत्रि सिहंले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’
संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखेका छन नेता सिंह । उनले विगतमा संघर्ष गरेर पार्टी एक ढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए । नेता सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए ।