May be an image of aircraft

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ९, शनिबार

मलेसियाबाट एकैदिन २४ शव र ३ अस्तु नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजको फ्लाइट आर ए ४१६ मार्फत मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र ३ वटा अस्तु नेपाल ल्याएको हो ।

May be an image of outdoors

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जनाएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएका ती शव र अस्तु आजै आफन्तको जिम्मा लगाइएको छ ।

May be an image of 3 people, child, people sitting, people standing, people walking and outdoors

Leave a Reply

Your email address will not be published.