May be an image of 6 people, people standing and people sitting

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार

वांगमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले स्यस्यः समाज यलको ललितपुर महानगर १६ मा निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।कार्यक्रममा सत्यमोहन जोशीबाट वर्तमान कोरोना माहामारीका काराण उनकै स्वनिवासबाटै संकल्प पूजा गरेका हुन् ।

शनिबार बिहान ८ः४२ को शुभ साइतमा जग साइत पूजा र त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई. सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । शुभकामना मन्तव्य ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सभाका सांसदद्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, उप मेयर गीता सत्याल, वडा अध्यक्षद्वय निर्मल रत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकार गोपाल मान श्रेष्ठ र अजर मान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछृयों लगायत विभिन्न जातीय समाज र संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *