कर्मा लामा तामाङको अध्यक्षतामा नेपाल विवेकशील पार्टी दर्ता

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०५, आइतवार साझा र विवेकशील पार्टीबिच एकता प्रक्रियामा सहभागी नभएका विवेकशीलका नेताहरूले नयाँ दल दर्ता गरेका छन्। उनीहरूले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता गरेका हुन्। आयोगमा दर्ता भएको पार्टीले पुरानो विवेकशीलले प्रयोग गर्दै आएको चुनाव चिन्ह झैँ कुकुरको मुखाकृति भएको चिन्ह माग गरेका छन्। समूहका प्रवक्ता विजयबाबु शिवाकोटीका […]

मनरा नगर कार्य समिति सभापतिमा संजिव निर्वाचित ।

मुलुक डेस्क, महोत्तरी । २०७८ मंषिर ०३, शुक्रवार नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनमा महोत्तरी मनराशिसवा नगरपालिकाको नगर कार्य समितिको सभापतिमा संजिव कुमार यादव निर्वाचित भएका छन । गुट उपगुटको विवादले देखिएको खिचातानी पश्चात् दुई समुहवीच निर्वाचन मार्फत प्रतिनिधि निर्वाचित भएको हो। वडा न. २ कट्टीका केशरी किशोर सिंहको पुरै प्यानललाई पराजित गर्दै वडा न. २ […]

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

मुलुक डेस्क, विराटनगर । २०७८ मंषिर ०१, बुधवार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ। प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल […]

महोत्तरीमा महन्थको सक्रिय उपस्थिति

राम अधार साह, महोत्तरी । २०७८ कार्तिक २८, आइतवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष एवं प्रतिनिधि सभा सद्स्य महन्त ठाकुरको महोत्तरीमा विभिन्न उदघाटन, भेला, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेशको नाममा राजनैतिक उपस्थिति तिब्र भएको देखिन्छ । विगत २/३ महिनादेखि लोसपाका केन्द्रीय नेता लगायत प्रमुख राजनीतिक दलका नेताहरू समेत तराई मधेशमा आफ्नो उपस्थिति तिब्र पारेको देखिन्छ […]

प्रचण्ड अस्पताल भर्ना, महोत्तरीको कार्यक्रम स्थगित ।

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी रामगोपालपुर आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो। उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।

जसपासंग पार्टी एकता गर्ने प्रस्ताव: प्रचण्ड

कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक १३, शनिवार सर्लाहीको सदरमुकाम गलंगवामा शनिबार आयोजित शिक्षक संगठनको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले जसपासंग छिट्टै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा प्रचण्डले आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय रादवलाई सम्बोधन गर्दै उनले भने,“म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?” […]

सर्लाही बलरामा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण ।

कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक ११, बिहीवार सर्लाहीको बलरा नगरपालिकामा मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण तथा गजेन्द्र नारायण सिंह स्मृति पार्कको समुदघाटन गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर एंव वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतो, पार्टी नेता अनिल झाको विशेष उपस्थितिमा बुधवार एक समारोहका बीच स्व. […]

मन्त्रीद्वारा धनुषा ढल्केवमा दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ११, बिहीवार प्रदेश २ सरकारका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार धनुषाको ढल्केवरस्थित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका छन । मन्त्री साहले निरीक्षणका क्रममा गणवाट सम्पादन हुने कार्य र तिनका प्रक्रियाबारे जानकारी लिएका थिए । उनले शान्तिसुरक्षा कायम गर्न दङ्गा प्रहरी नियन्त्रण गणको महत्वपूर्ण भूमिका रहने भन्दै ढल्केवरस्थित […]

विश्वविद्यालय सम्बन्धि २ अध्यादेश सिफारिश

राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०९, मंगलवार प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराएको छ […]

वर्तमान निर्वाचन प्रणाली घातक: उपेन्द्र यादव

राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०८, सोमवार जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक रहेको बताएका छन । जनता समाजवादी पार्टी जनकपुरधाम उपमहानगर समितिले आज जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने भएको हुँदा निर्वाचन प्रणाली […]