राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ११, बिहीवार

प्रदेश २ सरकारका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार धनुषाको ढल्केवरस्थित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका छन ।

मन्त्री साहले निरीक्षणका क्रममा गणवाट सम्पादन हुने कार्य र तिनका प्रक्रियाबारे जानकारी लिएका थिए ।

उनले शान्तिसुरक्षा कायम गर्न दङ्गा प्रहरी नियन्त्रण गणको महत्वपूर्ण भूमिका रहने भन्दै ढल्केवरस्थित गणको भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

ढल्केवरस्थित दङ्गा प्रहरी नियन्त्रण गण सडक डिभिजन कार्यलय भित्र रहेको छ । त्यस भित्र सडकको एउटा एकाइ र नेपाल ईलाका प्रहरी कार्यालय समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *