राम अधार साह, महोत्तरी । २०७८ कार्तिक २८, आइतवार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष एवं प्रतिनिधि सभा सद्स्य महन्त ठाकुरको महोत्तरीमा विभिन्न उदघाटन, भेला, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेशको नाममा राजनैतिक उपस्थिति तिब्र भएको देखिन्छ ।

विगत २/३ महिनादेखि लोसपाका केन्द्रीय नेता लगायत प्रमुख राजनीतिक दलका नेताहरू समेत तराई मधेशमा आफ्नो उपस्थिति तिब्र पारेको देखिन्छ ।यसैक्रममा पुर्व युवराज्ञी हिमानी शाह पनि लोकपर्व छठकाे अवसरमा वीरगञ्ज पुगेर सश्क्त उपस्थिति जनाएको थिइन् । लोकप्रियता एवं चुनावको वेलामा तराई मधेश नेता तथा चर्चित व्यक्तित्वका लागि चटक देखाउने ठाँउ बन्दै आएको छ् ।

कार्तिक २७, शनिवार मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरले एकैदिन महोत्तरीको ४/५ ठाँउमा आफ्नो उपस्थिति जनाएका छन । जलेश्वर नगरपालिका रतबारामा ब्रम्हस्थानको सिलान्यास, बजराहीमा पोखरी घाटको सिलान्यास तथा रमौलमा कार्यकर्ता भेट्घाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

जलेश्वर पिगौनामा कार्यकर्ता भेटघाट कार्यक्रममा समेत प्रमुख अतिथि भइ समग्रमा बिकासको र पहिचानको कुरा राखेका थिए । कार्यक्रममा पूर्व सामाजिक विकास राज्यमन्त्री एवं प्रदेशसभा सदस्य अभिराम शर्मा, प्रदेश सांसद रानी शर्मा, प्रदेशसभा सदस्य परमेश्वर साह, बबिता चौधरी, जिल्ला समन्वय समितिको सभापति सुरेश प्रसाद सिंह, जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र, मनराशिसवा नगरपालिकाका मेयर संजय कुमार सिंह, मटिहानीका मेयर हरि प्रसाद मण्डल, ज्यु ,जलेश्वर नगरपालिका वाडा अध्यक्षहरु, जलेश्वर अस्पताल संचालक समिति अध्यक्ष सुरेश पाण्डेय लगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *