कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक १३, शनिवार

सर्लाहीको सदरमुकाम गलंगवामा शनिबार आयोजित शिक्षक संगठनको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले जसपासंग छिट्टै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा प्रचण्डले आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय रादवलाई सम्बोधन गर्दै उनले भने,“म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?”

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने,“गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिलो नगरौँ, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।”

प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । “नडराइ पार्टी एउटै बनाऔँ, म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौँ,” उनले भने ।

प्रचण्डले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् । “जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन, विकास पनि हुनेछैन,” प्रचण्डले भने ।

प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *