कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक ११, बिहीवार

सर्लाहीको बलरा नगरपालिकामा मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण तथा गजेन्द्र नारायण सिंह स्मृति पार्कको समुदघाटन गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर एंव वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतो, पार्टी नेता अनिल झाको विशेष उपस्थितिमा बुधवार एक समारोहका बीच स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण गरिएको हो ।

बलरा नगरपालिका वडा नम्बर ९ स्थित गजेन्द्र नारायण स्मृति पार्कको निर्माण गरिएको छ । बलरा नगरपालिकाका प्रमुख अभय कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संबिधानसभा सदस्य केदारनन्दन चौधरी, प्रदेश सभा सदस्य डिम्पल झा, उपेन्द्र महतो, गौरी नारायण साह, निलम देवी, केन्द्रीय नेता, पार्टीका जिल्ला संयोजक राम प्रसाद यादव, राकेश मिश्रा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव लगायत स्थानिय जनप्रतिनिधीको उपस्थित रहेको थियो । कार्यक्रमको उद्घोषण लोसपा नेता नृपेन्द्र सिंहले गरेका थिए ।

बलरा नगपालिकाको सहयोगमा पार्क निर्माण गरिएको छ । पार्कको लागि स्थानिय मुनिल कुमार सिंहले ५ कठ्ठा जग्गा प्रदान गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *